पाल्पा जिल्लाको तानसेन नगरपालिका वडा नं. ९ तिन्टीआँप (साविक मदनपोखरा-८) मा स्थापित यस सहकारी संस्था तानसेन नगरपालिका र माथागढी गाउँपालिका कार्यक्षेत्र बनाइ स्थापना भएको यस संस्थाको गरिमामय इतिहास हामीले संझनै पर्ने हुन्छ । सहकारीको पुणर् ज्ञान नभई सहकारी दर्ता गरेर सञ्चालन गर्न शुरु गर्दा ज्ञान थिएन तर भावना पवित्र थियो । त्यसैले होला हामीले सहकारी सिक्न र प्रयोग गर्न कन्जुस्याईँ गरेनौँ । सहकारीका मूल्य, मान्यता, सिद्धान्त र मर्मलाई सकेसम्म व्यवहारमा प्रयोग गर्दै जाँदा नै आजको मदनपोखरा संगम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बन्न पुगेको हो । हामी मात्रै होइन आज नेपालका धेरै कृषि अभियानमा लागेका कृषक तथा सहकारीका शुभचिन्तक र अभियान्ताहरु हाम्रो संस्थाप्रति गर्व गर्छन् भन्ने जानकारी पाउँदा हामीलाई अत्यन्तै खुसी लाग्ने गर्छ । पाल्पा माडी वासीले त यो संस्थालाई माया गर्दै, यसको उन्नती प्रगतिमा निरन्तर योगदान गरिरहनु भएको छ ।
मुख्यरुपमा कृषि उत्पादन तथा त्यसको बजारिकरण गर्न र यस क्षेत्रका किसानहरुलाई आत्मास्वावलम्वी बनाउन वि.स २०५८ मा साविक मदनपोखरा कृषिबजार बहुउद्देश्यीय सहकारी संस्था लि. मदनपोखरा-८, तिन्टीआँपमा स्थापना भएको हो । मदनपोखरा आसपासमा बसोवास गर्ने आम नागरिकहरुबाट बचत गर्ने बानीको विकास गरी बचतलाई आर्थिक अभाव पुरा गर्न उद्देश्यबाट र साहु माहाजनको चर्को व्याजबाट बचाउन तथा पैसाको अभावमा उद्यम गर्न नसकेका व्यक्तिहरुलाई आत्मस्ववलम्वी बनाउने उद्देश्यले वि सं २०६४ मा स्थापित साविक संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेड हो । दुवै संस्थाले अलग अलग पहिचान बनाएका थिए । एकै स्थान फरक प्रकृतिका सहकारी भएता पनि कारोबार गर्ने सदस्य एकै परिवारका थियौ । राज्यको एकिकरण नीति अनुरुप संयुक्त एकिकरण भेला वि.सं. २०७५ फागुन ४ गतेको संयुक्त भेलाबाट मदनपोखरा संगम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको स्थापना भयो । त्यस संयुक्त भेलाबाट एकिकृत भएता पनि आधाकारिक कारोबार २०७६ श्रावण महिनाबाट शुरु भएको हो । यस क्षेत्रमा सहकारी संस्थाले तिन दशकको यात्रा तय गरेको छ । यो अवधिमा संस्थाको आकार र कारोबार मात्रै वृद्धि भएको छैन साख बढेको छ, सदस्य र समुदायको भरोसा बढेको छ सँगसगै चुनौतिहरु पनि थपिएका छन् । चुनौति राम्रो हुने मात्रै होइन अभैm राम्रो हुने र निरन्तर उचाईतिर लम्कने हो । उचाईमा टिकिरहने हो ।
पाल्पा जिल्लामा आफूलाई अव्वल दर्जामा राख्न यस संस्थाले आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरणका लागि क्रियाशिल भइ कार्य गर्दै आइरहेको छ । यस सहकारी स्थापनाको पूर्वशर्त अनुरुप विनियममा नै व्यवस्था गरि वित्तिय र कृषि कार्य गर्ने गरि दुवै पक्षको समानान्तर विकास गर्ने मुख्य रणनीति अनुरुप कार्यक्रमहरु अगाडी बढाउदै आई रहेको जानकारी गराउन चाहान्छु । यस क्षेत्रमा बसोवास गर्ने उत्पादनशिल उद्यमी (कृषक) लाई व्यवसायिक उत्पादनमा लगाउने, कृषि पेसालाई समायानुकुल परिवर्तन र मर्यादित बनाउदै राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने कृषि उपजहरुको उत्पादन, प्रशोधन, ग्रेडिङ तथा प्याकेजिङमा विशेष प्रयत्नहरु अगाडि सार्नेनिणर्यहरुलाई यस वर्षबाट सुरु गर्दै गरेको अवगत गराउँछु । यसैगरि आर्थिक क्षेत्रको विकासमा संस्थाले शेयर सदस्यहरुलाई बचतमा प्रोत्साहन गर्न, उद्यम संचालन गर्न बढीमा २५ लाख सम्म ऋण प्रदान गर्ने, आर्थिक अभावमा रहेका साना किसान, सिमान्तकृत बर्ग तथा समुदायलाई रहेका यूवालाई न्यूनतम व्याजदरमा यूवा स्वरोजगार कार्यक्रमलाई निरन्तरता दिएको छ ।
संस्था विकासको क्षेत्रमा पाल्पा जिल्लामा क्रियाशिल अन्य संस्थाहरु संग समन्वय गर्ने तथा प्रदेश, पालिका तथा निगम निकायहरु संग आपसि परामर्श लिने ऐन नियमको अक्षरस अनुसरण गर्ने कार्य बफादारिका साथ लागू गरिएको छ । यस संस्था छाता संगठनहरुमा आवद्ध हुने र नेतृत्वमा सामेल हुने कामहरु भएका छन । कृषि उत्पादनमा कृषकलाई प्रोत्सान गर्दै र बजारलाई प्राथमिकता राख्दै , ९ नं. वडा कार्यालय तानसेन नगरपालिका, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना पाल्पा, कृषि ज्ञान केन्द्र-तानसेन, कृषि निर्देशनालय, बुटवल र यस संस्थाको संयुक्त आयोजनामा तानसेन-९ तिन्टीआँपमा कृषि मेला २०७९ सम्पन्न गरियो ।
सामाजिक सरोकारका विषयमा मदनपोखरा संगम गर्वदेखि स्वर्गसम्म (जन्मदेखि मृम्त्युसम्म)को अभियानमा सदस्यको सुखमा उपहार र दुःखमा राहतको प्याकेज बोकेर घरदैलोसम्म पुग्ने लक्ष्यमा छ । स्कुले जीवनदेखि नै बचतको महत्तव र वित्तीय साक्षरताको व्यावहारिक ज्ञान सिकाउन स्कुलहरुमा स्टुडेण्ड सेभिङ क्लब सञ्चालन गरिनेछ ।
‘बचत मेरा लागि सहकारी सबैका लागि’ भन्ने मूल नारा तय गरेर मदनपोखरा संगमले सदस्य, कर्मचारी र समाजमा असल संस्कारको अभ्यासलाई सघन बनाएको छ । सदस्यहरुसँगको नियमित सम्पर्क र सहभागिता, शिक्षा र सूचनाको आदान प्रदान, पारदर्शी कारोबार एवम् व्यवहार गरेर संस्थाप्रतिको विश्वास बढाउँदै लैजान सकिएको अनभूति भएको छ । यी र यस्ता अनेकन असल अभ्यासको कारण कोभिड-१९ को आर्थिक प्रभावलाई झेलेर अगाडि बढिएको छ । नेपालमा कतिपय सहकारीहरुमा देखिएको गलत अभ्यासका कारण सहकारीको सामाजिक ‘इमेज’ बिग्रिएर बदनामको अवस्था हुँदा समेत मदनपोखरा संगमले पछि फर्कनु परेको छैन, निरन्तर प्रगति गरिरहेको छ ।
असल नियत, सामूहिक भावना, सहकारीका मूल्य मान्यता र सिद्धान्तको परिपालनामा भएको मदनपोखरा संगमको असल अभ्यासले वर्तमान एवम् भविष्यमा पनि निरन्तता पाउने छ भन्नेमा म ढुक्क छु । यिनै असल अभ्यास र असल संस्कारको जगमा उभिएर निरन्तर अगाडि बढदा नै मदनपोखरा संगमको भविस्य सुरक्षित हुने विस्वास गरेको छु ।
Ghanshyam Ghimire
President
Madanpokhara Sangam Multipurpose Cooperative LTD

प्रिय आगन्तुकहरू,
मदनपोखरा संगम बहुउद्देश्यीय सहकारी लिमिटेडमा तपाईँलाई हार्दिक स्वागत छ। हाम्रो सहकारीले स्थापना भएदेखि नै कृषि, पशुपालन, महिला सशक्तिकरण, र सामुदायिक विकासका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ। हाम्रो उद्देश्य सदस्यहरूको आर्थिक स्थिति सुधार गर्नुका साथै सामाजिक, सांस्कृतिक र शैक्षिक विकासमा योगदान पुर्याउनु हो।
हाम्रो वेबसाइटमा तपाईँलाई सहकारीका विविध कार्यक्रम, सेवाहरू, र योजनाहरूको बारेमा विस्तृत जानकारी प्राप्त हुनेछ। हामीले कृषि क्षेत्रमा नयाँ प्रविधि र अभ्यासहरू प्रवर्द्धन गर्दै कृषकहरूलाई आर्थिक रूपमा सबल बनाउन प्रयासरत छौं। पशुपालनमा पनि नयाँतम प्रविधिहरू र तालिमहरू उपलब्ध गराई उत्पादकत्व बढाउन लागिपरेका छौं।
महिला सशक्तिकरणका लागि विभिन्न तालिम कार्यक्रम, उद्यमशीलता विकास, र वित्तीय सहयोग प्रदान गर्दै उनीहरूको आत्मनिर्भरता र आत्मविश्वास बढाउन हाम्रो सहकारीले विशेष ध्यान दिएको छ। सामुदायिक विकासका लागि स्वास्थ्य, शिक्षा, र पूर्वाधार विकासमा पनि हाम्रो सहकारीले सक्रिय भूमिका खेल्दै आएको छ।
तपाईँहरूको सहभागिता र सुझावले हामीलाई अझ प्रभावकारी सेवा प्रदान गर्न मद्दत पुर्याउनेछ। तपाईँहरूको आवश्यकताअनुसार नयाँ योजनाहरू ल्याउन र हाम्रो सहकारीलाई निरन्तर सुधार गर्न तपाईँको सहयोग अपरिहार्य छ। हामी तपाईँहरूलाई हाम्रो सहकारीका सदस्य बन्ने, विभिन्न योजनाहरूमा सहभागी हुने र हाम्रो सेवाहरूको लाभ लिन निमन्त्रणा गर्दछौं।
तपाईँको सहयोग र सहभागिताका लागि हामी सदैव आभारी रहनेछौं।
धन्यवाद!
- व्यवस्थापक
